एमसीसीबारे प्रचण्डले भने- पैसा दिनेले खुरुखुरु दिए हुने नि ! यसाे गर्, त्यसाे गर् भन्नपर्छ ?

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकारहरुसँग भेट गरेका छन् । भेटका क्रममा एमसीसीबारे पनि कुराकानी भएकाे छ ।

गायक राजेश पायल राईले राखेकाे एमसीसीबारेकाे प्रश्नमा प्रचण्डले हाँस्दै भने- पैसा दिनेले खुरुखुरु दिए हुने नि ! यसाे गर्, त्यसाे गर् भन्नपर्छ ? उनले एमसीसी देशकाे हितमा नभएकाे जिकीर पनि गरे ।

उनले सुरुवातमा एमसीसी सम्झाैता संसदबाट अनुमाेदन हुनुपर्ने व्यवस्था नभएकाे तर पछि केपी शर्मा ओली नेतृत्वकाे सरकारल‍े याे व्यवस्था गरेकाे पनि बताए ।

एमसीसीबारे गठबन्धनमा व्यस्त बनेका प्रचण्डलाई बिहीबार कलाकारहरु भेट्न पुगेका थिए । गायक राजेशपायल राई, गायिका कल्पना दाहाल, रीता सिवाकोटी, करिश्मा ढकाल, चेतन सापकोटालगायतका कलाकारहरु खुमलटार पुगेका थिए ।

उनीहरुले प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रचण्डसँगकाे भेटबारे कमेडियन सन्दीप क्षेत्रीले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । क्षेत्रीले प्रचण्डलाई भेटेर खुसी लागेको बताएका छन् ।

‘पूर्वप्रधानमन्त्री प्रचण्डसँग बिहानको भेट,’ क्षेत्रीले फेसबुकमा लेखेका छन्,‘उनी पनि मिस्टर ह्याप्पीलाई भेटेर खुसी छन् ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१