धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडाैं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी घर भएका हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई नियुुक्त गरेको हो ।

सर्वोत्तम सिमेन्टकाे आईपीओमा चलखेल गरेर आफ्नो शेयर लगानी गरेर विवादमा आएका भीष्मकुमार ढुंगानालाई सरकारले हटाएपछि चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्षविहीन थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१