सत्तारुढ गठबन्धनको बैठक : काे-काे छन् सहभागी ?

काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने छ ।

एमसीसी र गठबन्धनको भविष्यका विषयमा याे बैठकलाई निर्णायक मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आँकलन पनि गरिएको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा र कृष्णप्रसाद सिटौला सहभागी छन् ।

त्यसैगरी, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी छन् ।

जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । जसपा अध्यक्ष उपत्यकाबाहिर भएकाले बैठकमा सहभागी नभएकाे बताइएकाे छ ।

यस्तै, गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले भने आफूहरुलाई बैठकबारे जानकारी नै नभएको बताएको छ ।

तस्बिर : फाइल 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१