ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडाैं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा राति २ बजेतिर उक्त वस्तु फेला परेको बताए । उजले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शङ्स्कास्पद वस्तु छाडिएको जानकारी दिए । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।

शङ्कास्पद वस्तु भेटिएसँगै नागढुङ्गा नाका भएर काठमाडौँ उपत्यका भित्रिने तथा काठमाडौँ बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१