दाेहाेराे चरित्र बन्द गर्न प्रचण्ड र माधव नेपाललाई कमल थापाकाे आग्रह

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) अध्यक्ष माधव नेपाललाई दोहोरो चरित्र बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रचण्ड र माधव नेपाललाई मेन्सन गरी उनले लेखेका छन्, ‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् ।’

यस्तै, उनले एमसीसीको विरुद्धमा हो भने खुलेर प्रतिवाद गर्न प्रचण्ड र माधव नेपाललाई आग्रह गरेका छन् ।

‘सरकारमा बस्ने अनि सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’​ ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको छ,’ उनले लेखेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७