एमसीसीलाई लिएर नेपालमा भइरहेको प्रदर्शन र विवादमा अमेरिकाले भन्याे- ‘हिंसा अस्वीकार्य’

काठमाडौं । एमसीसीलाई लिएर नेपालमा भइरहेको प्रदर्शन र विवादलाई लिएर अमेरिकाले आपत्ति जनाएको छ ।

सामाजिक सञ्जालमार्फत नेपालस्थित अमेरिकी दूतावासले भनेकाे छ ‘हामी स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ । आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित आवश्यक तत्व हो र मानिसहरुले शान्तिपूर्वक आफ्ना विचारहरु साझा गर्न अनुमति दिनुपर्छ । हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य कदापी स्वीकार्य छैन ।’

नेपालमा एमसीसीकाे विराेधमा प्रदर्शन भइरहेकाे छ । एमसीसीकाे विषयलाई लिएर फातिमा सुमार, डोनाल्ड लूदेखि राजदूत र्‍यान्डी बेरीसम्मले पटक-पटक असन्तुष्टि जनाइरहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१