थप ४ सय ३७ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं । नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा २ सय ७५ जना र ३ हजार ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना कारण ११ हजार ९ सय १३ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २ हजार ४ सय ५४ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ४८ हजार ७ सय ८४ जना निको भएका छन् । हाल नेपालमा १४ हजार ४ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७