एमसीसीबारे एकीकृत धारणा बनाउन नेकपा एकीकृत समाजवादीकाे बैठक

काठमाडाैं । एमसीसीबारे धारणा बनाउनका लागि नेकपा एकीकृत समाजवादीकाे बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा बसिरहेकाे छ । बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेताहरुले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संशाेधन नगरी संसदबाट पारित गर्न नहुने बताउँदै आएका छन् ।

सरकारले आगामी आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ ।

त्यसअघि सत्ता साझेदार दलहरुको साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थायी कमिटीको बैठकबाट पार्टीको एकीकृत धारणा तय गर्ने भन्दै समय मागेका थिए ।

नेपालले समय मागेपछि आइतबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बाेलाइएकाे छ । बैठकमा एमसीसी पेश गर्ने कांग्रेसकाे तयारी छ ।

त्यसअघि बिहान १० बजे प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । यथास्थितिमा एमसीसी पारित भए गठबन्धनबाट बाहिरिने माओवादी केन्द्रले निर्णय गरिसकेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१