काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिइने निष्कर्ष निकालेको छ ।
कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत छ । स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न गरिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा टेबल गर्ने र पास वा फेल जे भए पनि स्वीकार गर्ने बताइरहेका छन् ।
सत्ता गठबन्धनकाे अर्काे दल नेकपा माओवादी केन्द्रले भने एमालेको अवरोध जारी रहेको र राष्ट्रिय सहमति नभएसम्म एमसीसी सम्झौता संसदमा टेबल नै गर्न नहुने अडान लिइरहेको छ ।