थपिए ३ सय ५० संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ सय ५० जनामा कारोना पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ५ सय ३८ पिसिआर परिक्षणका क्रममा १ सय ९८ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय १७ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय ७२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५० हजार ५६ जना निको भएका छन् । हाल नेपालमा १३ हजार ३ सय ५७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१