जनताकाे आवाज कुल्चिएर एमसीसी टेबुल गर्नु आपत्तिजनक : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् ।

रावलले प्रमुख प्रतिपक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक भएकाे बताएका हुन् । रावलले भने- ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित टेबुल गरिने कुरा आपत्तिजनक छ ।’

‘सन्धिसम्बन्धी कानुन खै ? कुन कानुनका आधारमा एमसीसी संसदमा ल्याइएको हो ?’, उनले सोधे, ‘यस्तै कारणले कयौँ देशहरु सकिएका छन् । नेपाली जनताको आवाज कुल्चिएर एमसीसी टेबुल गरिन लागेकाे छ । यो सार्वभौम संसद र जनताको पनि अपमान हो ।’

रावलले यो गैर जिम्मेवार काम भएको पनि बताए।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१