नेप्सेमा ३९ अंककाे पहिराे, ४ अर्ब बढीकाे काराेबार

काठमाडाैं । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ३९ अंकमाथिको पहिरो गएको छ ।

साताको पहिलो कारोबार दिन बजार खुलेको केही छिनमा नै ओरालो लाग्न थालेको नेप्से अन्तिम समयसम्म ३९ दशमलव ४० अंकले घटेर २६ सय ९३ दशमलव १० अंकमा झरेकाे छ ।

आइतबार ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

आइतबार नेप्सेका सबैजसो उपसूचक ऋणात्मक भएर बजार राताम्मे भएको छ । तर, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लि.को सेयर मूल्य भने बढेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१