काठमाडाैं । नेपालमा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ५ सय ७२ पिसिआर परिक्षणका क्रममा २ सय २९ जना र ३ हजार २ सय ४३ जनामा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २१ जनाको मृत्यु भएको छ ।
त्यस्तै, थप १ हजार ३ सय ३८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५१ हजार ३ सय ९४ जना निको भएका छन् ।
हाल नेपालमा १२ हजार २ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।