सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

साेमबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार २ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको भाउ पनि ९५ हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।

चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७