देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

अध्यक्ष प्रचण्डले निवास खुमलटारमा सोमबार एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएको बताए । अगाडि उनले भने- ‘मधेसमा मात्र नभएर देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वर प्रसाद साह कानू सहितका नेता तथा कार्यकर्ता छन् ।

त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१