• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

प्रचण्डलक्षित बास्कोटाको ट्वीट : ‘कम्फरटेबल’को अर्थ त बल्ल बुझियो

काठमाडाैं । एमाले नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति ब्यंग्य गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले एमसीसी पास गर्छु भन्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन गरेर संसदमा टेबुल समेत गर्न दिएको तथा उनैले सडकमा कार्याकर्ता उफारेको भन्दै टिप्पणी समेत गरेका छन् ।

उनले भनेका छन्,’एमसीसी संसदमा टेबुल गर्न सहमति दिने पनि उनै, सडकमा कार्यकर्ता उफार्ने नि उनै । पुलिस लगाएर चुटाउने नि उनै, दमन भो भन्ने पनि उनै । कम्फरटेवलको अर्थ त बल्ल बुझियो ।’