काठमाडाैं । नेपालमा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा २ सय ४७ जना र २ हजार ९ सय १५ एन्टीजेन परिक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २५ जनाको मृत्यु भएको छ ।
थप १२ सय ५ संक्रमित निको हुँदा हाल सम्म नेपालमा ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएका छन् ।
हाल नेपालमा ११ हजार २ सय ८२ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।