
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) एमसीसीकाे विपक्षमा उभिने भएको छ ।
एमसीसीकाे विषयमा पार्टीभित्र मतभेद भएपछि सोमबार एकीकृत समाजवादीले सचिवालय बैठक राखेकाे थियाे । बैठकले संसदमा पेश भएकाे एमसीसीकाे विपक्षमा उभिने निर्णय गरेकाे हाे ।
बैठककाे निर्णयबारे जानकारी गराउँदै प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘आजकाे बैठकमा हामीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेका छौं ।’ उनले पार्टीका सबैलाई विपक्षमा उभिनका लागि भन्ने र त्यसका लागि वतावरण बनाउने पनि जानकारी दिए ।
उनले पार्टीभित्र एमसीसीको प्रक्रियाबारे सामान्य मतभेद भए अरु कुनै विवाद नभएको जानकारी पनि गराए । एमसीसीको विरोध गर्ने कुरा र सरकारमा रहेको विषयलाई जोड्न आवश्यक नरहेको उनको भनाइ थियाे ।