बैतडी टिप्पर दुर्घटना अपडेट : कम्तीमा तीन जनाकाे मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका-३ गरुडामा टिप्पर दुर्घटना हुँदा कम्तीमा तीनजना विद्यार्थीको ज्यान गएको छ ।

निर्माण व्यवसायीको टिपरमा चढेर विद्यार्थी घर फर्किरहेका बेला दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका-३ गुरुडामा झासलमालीबाट दमोरा गइरहेकाे बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा पाटन-३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीया ज्ञानु बिष्ट र १७ वर्षीय ललित ललित अवस्थीको मृत्यु भएकाे खुलेको छ ।

टिप्परमा सिगास माध्यमिक विद्यालयका दर्जन बढी विद्यार्थीहरु चढेका थिए । टिप्पर पाटन नगरपालिका-३, डबरामा दुर्घटना भएको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१