इसेवाले पुन: ल्यायाे ‘रिफर एण्ड अर्न अफर’

काठमाडाैं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।

इ–सेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो। यस अफरअन्तर्गत इ–सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले इ–सेवामा रष्जिट्रर गर्दा २० आम्दानी गर्न सक्नेछन् । यस्तै इ–सेवामा न्यूनतम सय रकम लोड गर्दा रु ५ र कारोबार गर्दा १० रुपैयाँसहित ३५ रुपैयाँ आम्दानी गर्न सकिन्छ सकिन्छ ।

रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिनभित्र सोही लिंक क्लिक गरि आग्रह रिफर स्वीकार गर्नुपर्नेछ ।

इ–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ ।

इ–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इ–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१