विजय र रश्मिकाकाे बिहे चर्चा, विजयकाे भाइरल ट्वीट !

काठमाडौं । साउथ चलचित्रका अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाबीच विवाह हुन लागेको खबर केही दिनअघि भारतीय सञ्चारमाध्यममा छाएकाे थियाे ।

भारतीय सञ्चारमाध्यममा खबर प्रकाशित भएपछि विजय देवरकाेन्डाले ट्वीटरमार्फत ‘बकवास समाचार’ भनी प्रतिक्रिया दिएका छन् ।

विजय र रश्मिका केही महिनादेखि मुम्बईमा छन् । दुवै जना बलिउड चलचित्रमा अभिनय गरिरहेका छन् ।

विजय आफ्नो हिन्दी डेब्यू चलचित्र ‘लाइगर’मा काम गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार रश्मिकाले केही समय अघिमात्र मुम्बईमा एक अपार्टमेन्ट पनि किनेकी छन् । विजय र रश्मिका दुवै जना नयाँ वर्ष मनाउन गोवासमेत गएका थिए ।

रश्मिका र विजयले दुई सुपरहिट फिल्म ‘गीता गोविन्दम’ र ‘डियर कम्रेड’ मा सँगै काम गरेका थिए । यी दुवै फिल्ममा उनीहरुको जोडीलाई निकै रुचाइएको थियो । त्यसपछि उनीहरुको अफेयर र डेटिङको खबरहरु बाहिर आउन थालेका थिए ।

रश्मिका मन्दना अहिले आफ्नो बलिउड डेब्यू फिल्म ‘मिशन मजनु’ को सुटिङमा छिन् । यो फिल्ममा उनी सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिनेछिन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१