दक्षिण भारतीय चर्चित अभिनेता रामचरणसहितकाे टाेली नेपाल आउने

काठमाडौं । दक्षिण भारतीय चर्चित अभिनेता रामचरणसहितकाे टाेली नेपाल आउने भएकाे छ । चलचित्र छायांकनका लागि अभिनेता रामचरणसहितको टोली २८ फेब्रअरीमा नेपाल आउन लागेको हाे ।

उक्त चलचित्रकाे नाम भने गाेप्य राखिएकाे छ ।

विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यका अनुसार अभिनेता रामचरणसहितको टोली नेपालमा छायांकन स्थल अवलोकन गर्न आउन लागेको हो ।

चलचित्रको काठमाडौं, मनाङ र मुस्ताङमा छायांकन गरिने बताइएकाे छ । निर्माण पक्षले चलचित्रको छायांकन अप्रिलदेखि गर्ने तयारी गरिरहेकाे पनि आचार्यले बताए ।

तीन–चार महिनाअघि नै नेपालमा रामचरणको चलचित्र छायांकन गरिने भनिएकाे भए पनि पनि हिउँ परेका कारण रोकिएको थियाे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१