
काठमाडाैं । शेयर बजार परिसूचक नेप्से मङ्गलबार १७ दशमलव ४२ अङ्कले बढेर २ हजार सात सय ३५ दशमलव ४२ बिन्दुमा पुगेको छ ।
मंगलबार उत्पादन र लगानी समूहबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको शेयर एक सय २८ अङ्कभन्दा धेरैले बढेको छ ।
२ सय २८ कम्पनीका ६० लाख ८१ हजार कित्ता शेयर किनबेचमा ३ अर्ब २१ करोड रुपैयाँमा कारोबार भएकाे पनि नेप्सेले जनाएकाे छ ।
मंगलबार मैलुङ खोला जलविद्युत् कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेकाे छ । बजार बढे पनि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर करिब दुई प्रतिशतले घटेकाे छ ।