थपिए ४ सय ७६ काेराेना संक्रमित, तीन जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय ४ पिसिआर परिक्षणका क्रममा २ सय ९९ जना र २ हजार ८ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ८ सय ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५३ हजार ४ सय ३० जना निको भएका छन् ।

हाल नेपालमा १० हजार ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१