३ सय १२ जनामा कोरोना संक्रमण थप २ जनाको मृत्यु,

काठमाडौं । नेपालमा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार १ सय ३ पिसिआर परिक्षणका क्रमम २ सय ५६ जना र ३ हजार ५ सय ९० एन्टीजेन परिक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ९ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५४ हजार ३ सय ४१ जना निको भएका छन् । हाल नेपालमा १० हजार ९० सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१