
काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध प्रदर्शन भइरहेकाे छ ।
विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ ।
सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा भेला भएका छन् ।
प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा एमसीसी छलफल हुने कार्यसूची छ ।