• २०८३ जेठ २५
  • 2026 June 08, Monday

पार्टी कार्यालय पेरिसडाँडा पुगे प्रचण्ड, चाँडै नयाँ भवन निर्माण गरिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा पनि गरेका छन् ।

आगजनीबाट कार्यालयमा रहेको पुस्तकालय भने बचेको छ । साथै कार्यालयका कम्प्युटरसमेत सुरक्षित रहेको बताइएको छ ।