
काठमाडाैं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटमा आन्तरिक सर्कुलर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेपछि प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो ।
बुधबार एक नाबालिकाले शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी तनहुँ प्रहरीमा दिएकी थिइन् ।
शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय छन् ।
परिसर र महाशाखाबाट विशेष टोलीले शाहको खोजी गरिरहेकाे पनि प्रहरी स्राेतले जानकारी दिएकाे छ ।