पूर्व मुख्यसचिवमाथि खनिए बाबुराम : द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लिलामाणि पौडेलमाथि द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप लगाएका छन् ।

पूर्वराजदूतसमेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीले अर्थ सचिवको सरुवादेखि यसको पक्षमा वकालत गर्नेहरूलाई पैसा बाँडेको टिप्पणी गरेका थिए ।

पाैडेलकाे उक्त टिप्पणिप्रति लक्षित गरी भट्टराईले भनेका छन् ‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ? एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूबीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्दको भूमरीलाई मलजल गर्ने ? सबै गम्भीर बनौँ ।’

पाैडेल अहिले माओवादी केन्द्रमा आवद्ध छन् । माओवादी एमसीसीकाे विराेधमा छ भने भट्टराई एमसीसीकाे पक्षमा बाेलिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१