
काठमाडाैं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा युक्रेनले रुसका ५ हजार ८४० जना सैनिककाे मृत्यु भएकाे दाबी गरेकाे छ ।
युक्रेनी सेना उद्धृत गरी बीबीसीले रुसतर्फ ठूलाे मात्रामा हताहती भएकाे जनाएकाे हाे ।
त्यस्तै, युद्धका क्रममा युक्रेनले रुसका ३० वटा विमान खसालेकाे दाबी पनि गरिएकाे छ ।
युक्रेनी सेनाका अनुसार रुसतर्फ ३१ हेलिकप्टर, २११ ट्याङ्क, ८६२ बख्तरबन्द, ८५ आर्टिलरी सिस्टम, ९ एन्टी एयरक्राफ्ट सिस्टम, ६० फ्यूल ट्याङ्क, ३५५ सैन्य वहानमा क्षति पुगेकाे दाबी छ ।
त्यस्तै, युक्रेनी सेनाले ४० एमएलआरएस रकेट लन्चर्स कब्जा गरेकाे पनि बीबीसीकाे समाचारमा जनाइएकाे छ ।
बीबीसीले भनेकाे छ, बीबीसी यी दाबीहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गर्दैन । तर, बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा भएको आक्रमणमा रुसी सेनाले ठूलो नोक्सानी बेहोरेको बताएकाे छ ।