यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले भारत र चीनलगायत कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी अनुमोदन गराउन सहयोग गर्नु सवै प्रति धन्यवाद व्यक्त गर्दै सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत एवं चीनलगायत कुनै पनि राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धत व्यक्त गरको जानकारी दिए ।

बैठकले पेट्रोलियम पदार्थ र ग्यासका विषयमा नेपाल भारतबीचको तेश्रो बैठक आपसी सझदारीबाट गर्ने र उक्त बैठकमा सहभागी हुन उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेकाे छ । त्यस्तै, बैठकले बिभिन्न प्रसारण लाइन आयोजनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै, मन्त्रिपरिषद्ले खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा भूपेन्द्र प्रसाद अर्याललाई नियुक्त गरेको छ ।

राजनीतिक पूर्वाग्रह द्धन्द तथा आन्दोलनका कारण हटाइएका शिक्षकहरु तथा कर्मचारीका बिषयमा जाँचबुझ गर्न गठित समितिको निष्कर्ष र राय सुझाव कार्यान्वयनका लागि शिक्षा मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्ले राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल डिजेल तथा एलपी ग्यास फिलिङ स्टेशन स्थापना सम्बन्धी मापदण्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी गर्ने निर्णय गरेको छ भने रेडियोधर्मी नियमावली स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१