मानव बेचबिखन तथा ओसारपसारमा सम्लग्न लामा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा सम्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुईजनालाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको हो ।

एउटा मिर्गाैला झिक्दा खासै फरक नपर्ने रु आठ लाख कमाइ हुन्छ भनी दुईजनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले भारत लैजान ठीक पारिएका उनीहरूलाई उद्धार पनि गरेको थियो ।पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१