
युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।
उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिकासहितका पश्चिमा देशहरूलाई चेतावनी दिएका हुन् ।
सरकारी बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले यस्ताे चेतावनी दिएका हुन् । छिमेकीविरुद्ध आफ्नाे कुनै गलत मनसाय नभएकाे पनि उनले स्पष्ट पारेका छन् । उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरी युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको पनि बताए ।
उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए ।
बैठकलाई रुसको सरकारी टेलिभिजन रोसया २४ ले प्रत्यक्ष प्रसारण गरिरहेको थियो ।