फ्राइडे रिलिज : ‘लप्पन छप्पन २’ सँग हलिउड फिल्म ‘द ब्याटम्यान’ प्रतिस्पर्धामा

काठमाडाैं । शुक्रबार एक नेपाली र एक हलिउड फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘लप्पन छप्पन २’ ले हलिउड फिल्म ‘द ब्याटम्यान’ सँग नेपाली बक्सअफिसमा प्रतिस्पर्धामा छ ।

एक्सन जनरामा निर्माण भएको ‘लप्पन छप्पन २’ को मुख्य भूमिकामा साैगात मल्ल छन् । फिल्ममा सौगातका साथै शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, एन्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यसैगरी, अमेरिकी सुपर हिरो फिल्म ‘द ब्याटम्यान’ पनि एक्सन जनरामै निर्माण भएको फिल्म हो । म्याट रिब्सको निर्देशनमा बनेको फिल्ममा अभिनेता रोबर्ट प्याटिन्सनको मुख्य भूमिका रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१