• २०८३ साउन ४
  • 2026 July 20, Monday

डुआ लिपाबारे बादशाहको विवादास्पद टिप्पणी, सामाजिक सञ्जालमा आलोचना

भारतीय र्‍यापर बादशाह पछिल्लो समय तौल घटाएको कारण चर्चामा थिए। तर, हाल उनले अन्तर्राष्ट्रिय पप स्टार डुआ लिपाबारे दिएको एक विवादास्पद टिप्पणीले सामाजिक सञ्जालमा आलोचना खेप्नु परेको छ।

शुक्रबार बादशाहले एक्समा “डुआ लिपा (लभ रियाक्ट)” लेख्दै डुआ लिपाप्रति आकर्षण प्रकट गरेका छन्। त्यसपछि एक प्रशंसकले उनलाई सोधे, ‘के तपाईं डुआ लिपासँग कोलाब गरिरहनु भएको हो’ बादशाहले जवाफमा लेखे, ‘म त उसँग गाना होइन, बच्चा बनाउन चाहन्छु ।’

उनको यो जवाफप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। केही प्रशंसकले त्यसलाई रमाइलो मजाकका रूपमा लिएका छन् भने धेरैले यो टिप्पणीलाई अश्लील, समयभन्दा बाहिरको र स्त्रीविरोधी भन्दै आलोचना गरेका छन्।

Dua lipa ❤️

— BADSHAH (@Its_Badshah) June 5, 2025