युक्रेनमा कुख्यात रुसी युद्ध सरदारको हत्या, पुटिनलाई लाग्याे झट्का

काठमाडौं । रुसका एकजना कुख्यात युद्ध सरदार युक्रेनमा मारिएका छन् ।

रुस समर्थित नवनाजी ‘स्पर्टा बटालियन’ नामक लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको गोली हानी हत्या भएको जनाइएको छ ।

गत शनिबार पूर्वी युक्रेनको भोल्नोभ्का शहरमा उनको हत्या गरिएको हो । उनको मृत्यु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ठूलो धक्का रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिम नपाएका सैनिकसँगै युद्धमा होमिएका कारण रुसका उच्च सैनिक अधिकारीहरु हताहतीको जोखिममा रहेको अष्ट्रेलियाको न्यूज डट कम डट एयूले जनाएको छ ।

युक्रेनमा मारिने उनी दोश्रो वरिष्ठ सैनिक अधिकारी हुन् । यसअघि युक्रेनमा रुसी फौजका एकजना मेजर जनरलको मृत्यु भइसकेको छ ।

युद्धबाट हालसम्म अपेक्षाअनुसार परिणाम नआएका कारण युक्रेनमा आक्रमण गरिरहेको रुसी फौजको मनोबल कमजोर हुन थालेको विश्लेषकहरू बताउँछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१