काठमाडाैं । अमेरिकाको आयोवाको एक हाइस्कुल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सीएनएनले जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाइस्कुल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ ।