• २०८३ साउन ७
  • 2026 July 23, Thursday

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल नेपालमा, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडाैं । फ्रान्सेली सांसदको एक प्रतिनिधिमण्डल मंगलबार नेपालको औपचारिक भ्रमणमा आएको छ ।

नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नेपालमा आएको हाे ।

नेपालका लागि फ्रान्सेली दूतावासकाअनुसार पूर्वप्रधान मन्त्री तथा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल-फ्रान्स अन्तरसंसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा फ्रान्सको संसदीय टोली नेपाल आएको हाे ।

प्रतिनिधिमण्डलमा फ्रान्स-नेपाल संसदीय मैत्री समूहका उपाध्यक्षद्वय निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियर सहभागी छन् ।

औपचारिक भ्रमणका क्रममा फ्रान्सेली सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधान मन्त्री शेर बहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधान मन्त्री एवम् प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूलाई भेट्ने बताइएकाे छ ।

दूतावासकाअनुसार नेपाल-फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भ्रमण हुन लागेको हाे ।