
काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
संखुवासभाका डीएसपी लालध्वज सुवेदीले १४ जनाको शव भेटिएकाे जानकारी दिए । ‘१४ जनाको शव भेटिएको छ, ५ जना घाइते भएका छन् । ’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’
संखुवासभाबाट दमकतर्फ गइरहेकाे बा ४ ख ७३५ नम्बरको बिहीबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिकाकाे सातघुम्तीमा दुर्घटना भएको थियो ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुरतर्फ लगिएको छ ।