• २०८३ असार १७
  • 2026 July 01, Wednesday

हर्क साम्पाङलाई बालेनले भने– यु आर माइ ट्रु लभ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङप्रति भावनात्मक अभिव्यक्ति दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले ‘डियर हर्क साम्पाङ’ भन्दै, हर्कले आफूलाई जतिसुकै गाली गरे पनि माया गर्न नछाड्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। You are my true love.’

दुवै लोकप्रिय मेयरबीच कहिले सहयोगात्मक सम्बन्ध, कहिले कटु संवाद सार्वजनिक हुँदै आएको छ। विशेषगरी सामाजिक सञ्जालमै उनीहरूबीचका विचार र अभिव्यक्तिले चासो पाउने गरेको छ।

नेपालमा जेनजीकाे प्रदर्शन र विकशित घटनाक्रममा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र साहलाई लगातार तारो बनाइरहेका थिए । एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरेपछि बालेनले पनि जवाफ फर्काएका हुन् ।