
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सारेको बताएका छन् ।
बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले एजेण्डाबारे जानकारी गराएका हुन् । प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए ।
आगामी चुनावमा राप्रपाले संवैधानिक राजतन्त्रसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था बनाउने एजेन्डा लिने पनि उनले जानकारी दिए ।
एमसीसी राष्ट्रघाती भएको भनी उनले यो कार्यान्वयन हुन नसक्ने जिकीर पनि गरे ।