संखुवासभा दुर्घटना अपडेट : मृतकमध्ये १० जनाकाे पहिचान खुल्याे

संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाकाे सनाखत भएकाे छ ।

संखुवासभाको मादीबाट झापाको दमकतर्फ गइरहेकाे बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।

जसमा चालक तेह्रथुम औँसीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका-६ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराईसहित मादी नगरपालिका- ६ की अञ्जना कटवाल, ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवाल, मादी नगरपालिका-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल, मादी-४ का ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सबिता राउत कार्की रहेका छन् ।

मृत्यु भएकामध्ये अन्य एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१