• २०८३ साउन १
  • 2026 July 17, Friday

राजेश हमाल भन्छन् – काठमाडाैंकाे मेयर बन्नुपर्छ कि क्या हाे !

काठमाडाैं । महानायक राजेश हमालले एकचाेटी काठमाडौं महानगरको मेयर बन्नुपर्छ कि क्या हाे ? भनी प्रश्न गरेका छन् ।

बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमाल’ शीर्षकको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि काठमाडाैंलाई सुन्दर बनाउने कुरा व्यवहारमा उतार्न नसकेको बताएका हुन् ।

सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको भन्दै उनले भनेका छन्, ‘सहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाहिँ भनिरहेका हुन्छन् । प्राक्टिकल्ली सोच नपुगेर हो कि ढंग नपुगेर हो कि ?’

हमालले भिडियोमा भनेका छन्, ‘एकचोटि काठमाडौं सहरको मेयर बन्नु पो पर्छ कि क्या हो !’

हेर्नुहाेस् भिडिओ :