काठमाडाैंकाे मेयर हुनेबारे राजेश हमाल भन्छन्-‘कागकाे पछि नदाैडिनुस्, कान छाम्नुस्’

काठमाडाैं । महानायक राजेश हमालले आफू काठमाडाैंकाे मेयर हुने भन्ने हल्लामात्र भएकाे बताएका छन् । काठमाडाैंकाे नयाँबानेश्वरमा बिहीबार साँझ एक कार्यक्रममा उनले आफू काठमाडाैंकाे मेयर हुने भन्नेकरा हल्लामात्र भएकाे बताएका हुन् ।

काठमाडाैंकाे मेयरका रुपमा राजेश हमाललाई हेर्न पाउने कि नपाउने भन्ने प्रश्नमा उनले भने, ‘कागले कान लग्याे भने कागकाे पछि नदाैडिनुस्, कान छाम्नुस् । त्याे हल्लामात्र हाे, खासै त्यस्ताे केही हाेइन ।’

यसअघि हमालले एकचाेटी काठमाडौं महानगरको मेयर बन्नुपर्छ कि क्या हाे ? भनी आफैँमाथि एक भिडियाेमा प्रश्न गरेका थिए ।

गत बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमाल’ शीर्षकको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि काठमाडाैंलाई सुन्दर बनाउने कुरा व्यवहारमा उतार्न नसकेको बताएका थिए ।

सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको भन्दै उनले भनेका थिए, ‘सहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाहिँ भनिरहेका हुन्छन् । प्राक्टिकल्ली सोच नपुगेर हो कि ढंग नपुगेर हो कि ?’

हमालले भिडियोमा भनेका थिए, ‘एकचोटि काठमाडौं सहरको मेयर बन्नु पो पर्छ कि क्या हो !’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१