संविधानमा उल्लेख नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्छ : महामन्त्री थापा

काठमाडां । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा उल्लेख नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन गर्दै नागरिकको स्वास्थ्यको हकलाई स्थापीत गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताएका छन् । निर्वाचनमा उठ्दै गर्दा पूर्वाधार निर्माणमा प्रतिवद्धता जनाएसंगै जनताको स्वास्थ्यको अधिकार स्थापीत गर्ने प्रतिवद्धता जनाउनुपर्ने उनको भनाई छ ।

त्यस्तै उनले सहुलियतमा स्वास्थ्य उपचारका लागि महानगरले पनि आवश्यक काम गर्नुपर्ने धारणा राखे । उनले जनताको स्वास्थ्य समस्याका आधारमा वडा वडामा स्वास्थ्य पूर्वाधार तयार हुनुपर्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१