काठमाडौं । नेपाल इञ्जिनीयर्स एसोसियसनका नवनिर्वाचित अध्यक्ष डा हरिबहादुर दर्लामीले इन्जिनियरहरुको पेसागत क्षमतासँगै संस्थागत विकासका लागि प्रतिबद्व रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले आयोजना गरेको बधाई कार्यक्रममा दर्लामीले पेशागत मर्यादाको अभिवृद्धिका साथै इन्जिनियरहरुको हकहितका लागि प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले इन्जिनियरहरुका लागि आफ्नो कार्यकालमा इन्जिनियर प्रशिक्षण प्रतिष्ठान स्थापना स्थापना गर्ने पनि बताए । प्रदेशमा पनि बिभिन्न तालिम सेमिनार र गोष्टि गर्नका लागि प्रादेशिक समितिलाई सक्रिय बनाउने उनको भनाई छ ।
एसोसियसनको हालै नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा दर्लामी अध्यक्ष पदमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा डा नारायणप्रसाद अधिकारी निर्वाचित भएका थिए । एसोसियसनको ३३औँ कार्यसमितिका लागि फागुन २७ गते मतदान भएको थियो ।