• २०८३ असार २४
  • 2026 July 08, Wednesday

महिला प्रहरीको मृत्युपछि लेटाङमा बिहानै देखि अनिश्चितकालीन कर्फ्यु

  • २०७८ चैत ७, सोमबार ०२:२९

मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।

घटनामा मोरङका एसपी जनार्दन जिसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्।

लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।
सोही तनाव नियन्त्रणका लागि खटिएको प्रहरी टाेलीलाई आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो।

आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको एसपी राईले जानकारी बताए।

 

 

  • २०७८ चैत ७, सोमबार ०२:२९