
काठमाडाैं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडाैंमा सुरु भएको छ । बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउने भएको छ ।
दशौँ महाधिवेशनपछि बसेको तेस्रो केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ११ वटा कार्यसूची तय गरिएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि पनि छलफल हुने भएको छ ।
रिजालका अनुसार बैठकले छलफल र निर्णयका लागि ११ वटा कार्यसूची पारित गरेको छ ।
यस्ताे छ बैठकका कार्यसूची
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध