
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउने प्रक्रिया अघि बढाएको छ ।
बुधबारदेखि काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
रिजालका अनुसार वडादेखि महानगरसम्म सबै तहका लागि कम्तीमा एकजना महिलासहित तीनजनाको नाम सिफारिस निर्देशन दिइएको छ ।
उनले भने, ‘एकजना महिला अनिवार्य हुनुपर्नेछ । बीचको कमिटीले पनि आफ्नोतर्फबाट नाम राखेर सिफारिस गर्न सक्नेछ ।’ चैत मसान्तभित्र आइसकेका सिफारिसलाई माथिल्ला कमिटीले आवश्यक परामर्श र छलफलपछि निर्णय लिने पनि उनले जानकारी गराए ।