प्रकाश सपुतले भने- समाजको भावनालाई बुझेर पीर गीतबाट विवादित दृश्य हटाएँ

काठमाडाैं । कलाकार प्रकाश सपुतले समाजको भावनालाई बुझेर पीर गीत विवादित दृश्य हटाएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन् । आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उनले बताए । त्यस्तै सोही पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केही दृश्य हटाउनु परेको प्रष्टिकरण पनि उनले दिए ।

त्यस्तै सोहि गितकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत कुरा भएको बताइन् । अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचकासाथ त्यो दृश्य हटाइएको पनि बताइन् ।

पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य समावेश गरेको भन्दै केहीले सपुतको आलोचना गरेका थिए । त्यस लगतै सपुतले गीतबाट उक्त दृश्य हटाएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१